कविता

Sunday, July 10, 2011

कविता(...र पनि माफ गर)

कविता(...र पनि माफ गर)


प्रिय
सक्छौ माफ गर
सक्दैनौर पनि माफ गर!

हुन सक्छौ
तिमी
कोमल मैन हौ
सुवासित फूल हौ
तर...तर
मैले
तिमीलाई पहाड देखे
तटस्थ पत्थर देखे
हुनसक्छ
मेरो
देखाइ भ्रम हो
भूल हो
तर प्रिय
मैले
तिमीलाइ
पहाड देखे
त्यसैले भन्दैछु
प्रिय माफ गर !

तिमी
रिसले रन्किन सक्छौ
घृणाले झन्किन सक्छौ
तर
तिमी
रिसाए पनि
मन दुखाए पनि
म हजारौ पटक भन्छु
तिमी पहाड हौँ !!

हे हे !
रिस उठ्यो ?
मन दुख्यो ?
प्रिय (पहाड)
तर
म मुस्कुराइरहेछु
र मुस्कुराइरहनेछु
तिम्रो
जलनमा पनि
तड्पनमा पनि
पहाड
...प्रिय पहाड
सक्छौ माफ गर
सक्दैनौ र पनि माफ गर !!!

No comments:

Post a Comment