कविता

Sunday, February 19, 2012

गजल

मजस्तै नालीमा डुंगडुंगती गन्हाउनेहरु पनि छन
अत्तर छर्केर लुगामा बसाउनेहरु पनि छन

यो सडक तातेर प्रेमकै बिरुद्द उत्रन्छ त के भो?
त्यो माथि आकासमै ताजमहल बनाउनेहरु पनि छन

मपनि तिमी झैँ रोएर त्यो सिंगो अँधेरी उचाल्छु
नरुनु है अब किन कि, निदाउनेहरु पनि छन

जिन्दगी हारेर पत्थर पुज्नेको त्यो भिड विचमै
बगर सिंचेर जिन्दगी फलाउनेहरु पनि छन

No comments:

Post a Comment