कविता

Thursday, June 23, 2011

गीत(जसै माइखोला तरे ...)


by Swapnil Nirav on Sunday, 05 June 2011 at 13:38
२०६३ मङ्सिर १६ गते कलेजबाट पुर्वान्चल टुरका क्रममा इलामको माइखोला तरेपछि मनमा उव्जिएको भावलाई तत्काल डायरीमा उतारे र त्यसैलाई गीतको नाम दिए | गीत बन्यो बनेन अग्रज अनि समकक्षी मित्रजनबाट सुझावको अपेक्षा राख्दै इलामलाई मेरो धेरै धेरै माया.........................

जसै माइखोला तरे लाग्यो स्वर्गमै चढे
अहो कस्तो रुप रंग मनमनै तारिफ गरे

लाग्यो म त स्वर्गको आगनमै छु कि
त्यही स्वर्गमा खेल्ने अप्सरानै हुँ कि
स्वर्गकी अप्सरानै सोची भुल गरे
अप्सरा हैन यहाँ प्रेम मन डुल्छ अरे

म पनि खोजि हिडे प्रेम मन त्यहाँ
भेटिन्छ कि कतै जिन्दगीको सहारा
तर भेटिएन मन बुझ्ने, म त प्रदेशी अरे
तिम्रो त्यो बस्तीमा नजन्मेर भुल गरे

पहाडी थुम्का थुम्का प्रीत रोपी आए
सर्वश्व छाडी तिम्रै तस्विर लिइ आए
तडपमै जिउदै छु लाग्छ फर्की भुल गरे
आउंथे फर्की त्यतै तिम्ले निम्तो गरे

No comments:

Post a Comment