कविता

Thursday, June 23, 2011

गज़ल


गजल(सम्झनामा घरिघरि..)

by Swapnil Nirav on Wednesday, 06 April 2011 at 01:42
सम्झनामा घरिघरि कोमल यो मन दुख्दैछ
बल्झिएर सँधै जस्तै फेरि धड्कन दुख्दैछ

बसन्तमै उजाडियो जिन्दगीको बहार
खुम्चिएर अभावमा रित्तो जीवन दुख्दैछ

तारासँगै उदाउँछ बेचैनीका ग्रहण
अस्ताउने नामै लिन्न अनि गगन दुख्दैछ

कहालिदै भाग्नु कति आफ्नै अतित सम्झेर
पछ्याउदा बिगतले झिनो बन्धन दुख्दैछ

काँडै काँडा यात्राभरि म पन्छाऊ कसरी
कमजोर भै पाउहरु किन झन झन दुख्दैछ

No comments:

Post a Comment